बुधबार, चैत्र २३, २०७८
सर्लाहीमा गोली लागेर गम्भीर घाइते भएका युवाको ज्यान गयो, कसले हान्यो गोली?

सर्लाहीमा गोली लागेर गम्भीर घाइते भएका युवाको ज्यान गयो, कसले हान्यो गोली?


  • स्वदेश नेपाल
  • बुधबार, चैत्र २३, २०७८

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली चल्दा गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ। साँझ करिब ७ः३० बजे गोली चल्दा भारतीय युवकको मृत्यु भएको हो । सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले ती युवा माथि गोली प्रहार गरेका थिए। भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते महतोलाई उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा अहिले मृतकका परिवार र आफन्त आइसकेका छन् ।

महतोलाई बीआर ३० ए ८५४५ नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ। मृतक महतोको पाखुरा, करङ्गसहित शरीरका तीन स्थानमा गोली लागेको छ ।

महतो मलङ्गवा आउनुको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट