आइतवार, चैत्र २०, २०७८
साहित्यकार छवि अनित्यको दोश्रो कृति “तुइनको बाटो” सार्वजनिक

साहित्यकार छवि अनित्यको दोश्रो कृति “तुइनको बाटो” सार्वजनिक


  • स्वदेश नेपाल
  • आइतवार, चैत्र २०, २०७८

साहित्यकार, कवि तथा पत्रकार छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह अस्ति शुक्रबार पोखरामा विमोचन भएको छ । “तुइनको बाटो” कविता संग्रह कवि छवि अनित्यको दोस्रो कविता संग्रह हो ।

कविता संग्रह चैत २५ गते हेटौंडा क्याम्पसमा गृह विमोचन गर्ने कार्यक्रम रहेको छ । अनित्यको दोस्रो कविता संग्रह “तुइनको बाटोमा” ५३ वटा कविता रहेका छन् । २०७१ सालमा प्रकाशित “हल्ला” अनित्यको पहिलो कविता संग्रह हो ।

अनित्य मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्य तथा सञ्चारकर्मीसमेत हुन ।

करिब २० वर्ष अघिदेखि विद्यालय तहबाट नै कविता लेख्न सुरु गरेका अनित्य शिक्षा संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

कवि अनित्य राष्ट्रिय कविता प्रतियोगिता, इटहरी (२०७१) प्रथम, भानुश्री रचना पुरस्कार (२०७०) र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (२०७६) बाट पुरस्कृत भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट