सोमवार, चैत्र २८, २०७८
बिरामी हुन् नचाहने हरेक मानिसले हेर्ने पर्ने महत्वपूर्ण स्वास्थ्यवार्ता (भिडियो)

बिरामी हुन् नचाहने हरेक मानिसले हेर्ने पर्ने महत्वपूर्ण स्वास्थ्यवार्ता (भिडियो)

के तपाई कोलेस्ट्रोल देखि डराउनुहुन्छ ? हेर्न नभुल्नुहोला डा.दिलजान मन्सूरको सुझावहरु


  • स्वदेश नेपाल
  • सोमवार, चैत्र २८, २०७८

स्वास्थ मानिसका हजार सपना हुन्छन् तर बिरामी व्यक्तिको एउटै सपना हुन्छ- रोगबाट मुक्ति – डा. दिलजान मन्सूर, जनरल फिजिसियन

जिंकले विभिन्न किसिमका संक्रमण, सूजन र अक्सिडेटिभ तनावको जोखिमलाई घटाउँछ, रगतमा चिनी मात्रालाई नियन्त्रण गर्छ र उमेर-सम्बन्धित ‘म्याकुलर डिजेनेरेशन’का समस्याहरुबाट जोगाउँछ।

सिफुडमा ओएस्टर, खसी, कुखुरा वा राँगाको कलेजो, बिफ र भेडाको मासु सबैभन्दा राम्रो जिंकको स्रोत हो। नांगो खुट्टा स्वस्थ माटोमा लगातार हिँड्नु अहिलेको अवस्थामा शायद सम्भव नहोला, त्यसैले जिंक सल्फेट, ग्लुकोनेट, एसीटेट वा सिट्रेट जस्ता भरपर्दो सप्लिमेन्ट चिकित्सकको सल्लाहानुसार सेवन गर्नाले शरीरमा जिंकको परिपूर्ति हुनसक्छ ।

‘ओटमिल’ तपाईले खांदै आउनुभएको खराब खाना मध्ये एक हो ।यसलाई खाँदा कुनै स्वास्थ्य लाभ हुँदैन र मुटुको स्वास्थ्यमा पनि सुधार हुँदैन। यसले तपाईंको शरिरमा ग्लुकोज बढाउँछ र तपाईंलाई हाइपोग्लाइसेमिक डिप दिन्छ जसले तपाईंलाई थकित बनाउँछ । यसलाई खान बन्द गर्नुहोस् ।

कुनै पनि खानामा पोलीअनस्याचुरेटेड सोयाबीन जस्ता वनस्पति तेलहरूको प्रयोग असुरक्षित हुन्छ । यि तेलहरुमा लिनोलिक एसिड (एलए) उच्च हुन्छ, रासायनिक रूपमा अस्थिर हुन्छन् । ताप, प्रकाश [प्लास्टिकका बोतलहरू!] र अक्सिजनमा प्रतिक्रिया जनाउंछन् । उच्च तापमा गरिएको प्रशोधनले “अक्सिडाइज्ड LA मेटाबोलाइट्ज” सिर्जना गर्दछ जसले, स्ट्रोक र क्लटहरूको जोखिम बढाउँछ।

“सुर्यको प्रकाशबाट बच्नु या तर्किनु तपाईंको लागि धुम्रपान जत्तिकै हानिकारक हुन सक्छ।”

सूर्यको प्रकाशसॅंगको हाम्रो शरिरको सम्पर्कले ‘भिटामिन डी’ मात्र प्राप्त हुदैन, सुर्यको किरणले हाम्रो छालामा नाइट्रिक अक्साइड पनि उत्पादन गर्दछ, जसले शरिरभरी रहेका रक्त नलीहरू खोल्छ र रक्तचाप कम गर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट