मङ्लबार, चैत्र १५, २०७८
सुकुम्बासीलाई वडा पुर्जा : तरहरामा १५० सौर्य बत्ती जडान हुदै

सुकुम्बासीलाई वडा पुर्जा : तरहरामा १५० सौर्य बत्ती जडान हुदै


  • स्वदेश नेपाल
  • मङ्लबार, चैत्र १५, २०७८

इटहरी उपमहानगरपालिका वडा नंम्वर २० ले रातमा हुनसक्ने आपराधिक र असामाजिक घट्ना तथा क्रियाकलापहरु रोक्न र बडालाई रातभर उज्यालो राख्नका लागि सौर्य ऊर्जावाट विद्युत उपलव्ध हुने एकसय पचास सौर्य बत्ति आफ्नो टोल कमिटि मार्फत वडाका मुख्य चोक, टोलसहित आवश्यक क्षेत्रमा जडान गर्ने भएको छ ।

वडा अध्यक्ष मणीराम श्रेष्ठले विशेष पहल गरेपछि वडाले उपमहानगरपालिकाबाट झण्डै दोब्बर बत्ती पाएको छ । वडालाई ७० वटा मात्र सौर्य बत्ती दिने भएकोमा वडा अध्यक्ष श्रेष्ठले पहल गरेपछि संख्या बढेको, स्रोतले जनाएको छ ।

यसै साताबाट वडाभरि (सौर्य बत्ति) वितरण गर्दै टोल कमिटि मार्फत जडान गर्नेछौं । वडा अध्यक्ष श्रेष्ठले आज टोल कमिटिसँगको एक कार्यक्रममा भने, टोलको क्षेत्रफल र आवश्यकता अनुसार टोलमा हामी तपाईहरुलाई बत्ती उत्पादन गर्नेछौं ।

यसअघि, वडाले बत्ती जडान गर्नका लागि संयोजनको जिम्मेवारी नै दिएर वडामा बत्ति जडान गरेका थिए । कतिपय मर्मत गर्न बाँकी वा फेरबदल गर्ने ठाँउमा यसपटकको बत्ति प्रयोग गरिने, टोल कमिटिहरुले जनाएका छन् । सौर्य बत्ति जडान गरिएपछि रातभर बत्ति बल्ने भएकाले चोरी र अन्य आपराधिक घट्नाहरु नियन्त्रणमा आउन सक्ने विश्वास गरिएको छ ।
वडाका सचिव बाल कुमार पोख्रेलद्धारा संचालित कार्यक्रममा कार्यक्रममा वडा सदस्यद्धय राम बहादुर गिरी र राधा घिमिरे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीका अध्यक्ष नवीन गुरूङसहित वडाका टोल विकास कमिटिका संयोजकहरुको उपश्थीति रहेको थियो ।

वडाबाट पुर्जा

वडाका सुकुम्बासी र भूमिहिनलाई उनीहरुले भोगचलन गर्दै आएका जग्गा स्थानीय राजनीतिक दलहरु र सरोकारवालाहरुलाई साक्षी राखेर उनीहरुको सिफारिसमा वडाबाट पुर्जा प्रदान गर्ने विषयमा पनि कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले विषय उठान गरेका छन् । यस विषयमा उनीसहित वडा सदस्यहरु र वडा सचिवबिच बेग्लै छलफल समेत भएको, बुझिएको छ ।

वडा अध्यक्ष सुकुम्बासी र भूमिहिनले वडाबाट पुर्जा पाएपछि उनीहरुले सहजताका साथ खानेपानी, बिजुलीको मिटर राख्न र बिजुली बत्तिको प्रयोग लगायत स्थानीय तहबाट प्राप्त सुविधाहरु उपभोग गर्न सकोस् भनेर सरकारले ढिला गरे वडास्तरबाटै भए पनि वडा पुर्जा प्रदान गर्नुपर्छ भन्ने पक्षमा छन् ।

स्वास्थ्य चौकीमा थप सुविधा

वडा अध्यक्ष मणीराम श्रेष्ठले तरहरा स्वास्थ्य चौकीको सेवा सुविधा बढाउने तर्फ पनि आफूले पहल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार