विश्वमै सबैभन्दा धेरै र शक्तिशाली सैन्य सामर्थ्य भएका देशमध्येको रुसले युक्रेन आक्रमणको प्रारम्भिक चरणमा आफ्नो क्षमता देखाउन सकेन।धेरै पश्चिमा सैन्य विश्लेषकहरूले रणभूमिमा हालसम्म रुसको प्रदर्शनप्रति आश्चर्य व्यक्त गरेका छन्। एक जनाले यसलाई ‘निराशाजनक’ भनेका छन्। युक्रेनमा रुसी सेनाको अघि बढ्ने क्रम एकदमै सुस्त भएको छ भने कतिपयले उसले बेहोरेको क्षतिका कारण पुरानो सामर्थ्य फेरि हासिल गर्ने कुरामा आशङ्का गरेका छन्।
रुसी पक्षले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन र यसको अन्त्यसम्म पनि पूरा गर्ने सम्भावना कम छ, नेटोका एक वरिष्ठ सैन्य अधिकारीले यसै साता बीबीसीसँग भने।
त्यसो भए रुस कहाँ चुकेको छ त?
मैले रुसले गरेका गल्तीबारे पश्चिमा वरिष्ठ सैन्य अधिकारी र गु,प्त,चर निकायका अधिकारीहरूसँग कुरा गरेको छु। प्रतिरोधको शक्ति र युक्रेनको सानो सैन्य शक्तिलाई कमजोर आकलन गरेर रुसले सबैभन्दा पहिलो गल्ती गर्यो। रुसले वर्षमा ६० अर्ब अमेरिकी डलर बराबरको रकम रक्षा क्षेत्रमा खर्च गर्छ। जबकि युक्रेनको रक्षा बजेट चार अर्ब अमेरिकी मात्रै डलर छ।
रुस र अरूले पनि रुसको सैन्य क्षमतालाई वास्तविक भन्दा बढी आकलन गरे। राष्ट्रपति पुटिनले सेनालाई आधुनिकीकरण गर्ने महत्त्वाकाङ्क्षी परियोजना सुरु गरे र उनी आफैँले पनि बढाइचढाइमा विश्वास गरे।
ब्रिटिश सेनाका एक वरिष्ठ अधिकारीका अनुसार रुसले गहन पारमाणविक अस्त्र र परीक्षणमा ठूलो लगानी गरेको छ। नयाँ हाइपरसोनिक क्षे,प्या,स्त्र निर्माणका लागि पनि ठूलो लगानी गरेको छ।
रुसले विश्वकै सबैभन्दा अत्याधुनिक ट्या,ङ्क टी-१४ आर्मता बनाएको छ। मस्कोस्थित रेड स्क्वाएरको विजयदिवस परेडमा देखिएको उक्त उपकरण यु,द्धमा प्रयोग भएको देखिएको छैन।
यु,द्धमैदानमा प्रयोग भएका अधिकांश रुसी उपकरणहरू पुराना टी-७२ ट्याङ्क, बख्तरबन्द गाडी, तो,प र र,केट ल,न्चर हुन्। आ,क्र,मणको सुरुतिर रुस हवाई ह,मलामा अगाडि देखिएको थियो। उसले युक्रेनको एक वायुसेना बराबर आफ्नो तीन वायुसेनाको फौजसहितका लडाकु विमान सीमा नजिक पुर्याएको थियो।
धेरै सैन्य विश्लेषकहरूले आक्रम,णमा अघि बढेको रुसी फौजले धेरै छिटो आकाशमा आधिपत्य जमाउने आकलन गरेका थिए। तर त्यसो भएन। रुसको युद्ध क्षमतालाई सीमित गर्दै आफ्नो हवाई प्रतिरक्षा प्रणाली अझै प्रभावकारी रहेको युक्रेनले सिद्ध गरेको छ।
मस्कोले उसको विशेष टोलीले छिटो र निर्णायक मानिने आक्रम,ण गरेर महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरेको हुनसक्छ। रुसले सानो फौजको बलमा नै युक्रेनको प्रतिपक्षका लागि उत्रिनेहरूलाई परास्त गर्न सकिने ठानेको हुनसक्ने एक वरिष्ठ पश्चिमा गु,प्त,चर अधिकारीले बीबीसीसँग बताए।
तर उनीहरूले किएभनजिकैको होस्टोमेल विमानस्थलमा आक्रम,ण गरेको केही दिनमै रुसी सेना त्यहाँबाट हट्न बाध्य भयो। त्यसकारण रुसले थप सैनिक, अस्त्र र आवश्यक आपूर्ति गर्न सकेन।

