बिहिबार, फाल्गुन २६, २०७८
झापाका एक महिला बाँझो खेतमा मृत भेटिइन्

झापाका एक महिला बाँझो खेतमा मृत भेटिइन्


  • स्वदेश नेपाल
  • बिहिबार, फाल्गुन २६, २०७८

झापामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मेचीनगर नगरपालिका ५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीय अम्बिका कुँवर मृत फेला परेकी हुन् । मृतक कुँवरको शव घर नजिकै रहेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अम्बिकाको हत्या भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको र अनुसन्धानकै क्रममा मेचीनगर नगरपालिका ५ बस्ने २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ ।

यो पनि पढ्नुहोस्
बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट