बिहिबार, फाल्गुन २६, २०७८
संखुवासभामा एकाविहानै बस दुर्घटना हुँदा घट्नास्थलमै १० जनाको मृत्यु

संखुवासभामा एकाविहानै बस दुर्घटना हुँदा घट्नास्थलमै १० जनाको मृत्यु


  • स्वदेश नेपाल
  • बिहिबार, फाल्गुन २६, २०७८

संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

आफू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।‘यात्रुहरू घाइते छन् भन्ने खबर आएको छ, प्रहरी घटनास्थल पुगेपछि थप विवरण आउनेछ,’ उनले भने।

उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले केही यात्रुलाई उद्धार गरेका छन्। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या यकिन हुन बाँकी छ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट