भक्तपुरमा एक महिलाकाे हत्या भएकाे छ। प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको हो।
अन्दाजी ३५/४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए।
‘महिलाको शव जस्ताले बारेको मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा छ‘, डीएसपी पाण्डेले मंगलबार बिहान भने।
मृतकको पहिचान खुलेको छैन । बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट छ ।
शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।