सन् १९२१ फेब्रुअरी ३१ का दिन क्यालिफोर्नियाको लिग्रेनमा फ्रयाङ्क जुनियर एडभर रेको जन्म भयो। जसलाई पछि एड को नामले चिन्न थालियो । उनका ८ दिदिभाइ थिए।
सानै उमेरमा नै एडको परिवार मडेरा काउन्टीमा बनेको चाउचिला सहरमा सिफ्ट भयो। ठूलो हुँदै गएपछि एडलाई चाउचिला सहरप्रति धेरै नै लगाव भइसकेको थियो। जब उनी हाई स्कुलबाट पास आउट भए। तब उनलाई कलेजका लागि अर्को सहर जानुपर्ने भयो।
तर उनी यसका लागि तयार थिएनन्। त्यसैले उनले उक्त सहर छोड्न नपरोस् भनेर पढाई नै छाडिदिए। त्यसपछि उनले बिहे गरे र पत्नी ओडिसाका साथ त्यही सहरमा सानो फर्म खोलेर बसे। लगभग १० वर्ष उनले त्यहाँ खेती गरेर बिताए। उनका दुई सन्तान थिए ।
उनका दुई छोराको नाम ग्ल्यान र डेन थियो। उनको परिवार राम्रैसँग चलिरहेको थियो। ५० को दशकमा एडले आफ्नो काम बदलेर स्कुल बसको ड्राइभर बने। इमान्दार भएका कारण उनलाई स्कुलका विद्यार्थी शिक्षक सबैले मन पराउँथे।
सबै कुरा राम्रै चलिरहेको थियो। सन् १९७६ जुलाई १५ को दिन आयो। गर्मीको मौसम थियो। सधैंझैं एड विद्यार्थीलाई स्कुल छाडेर घर फर्किए। साँझ स्कुल छुट्टी भएपछि उनी विद्यार्थीहरुलाई लिन बस लिएर स्कुल गए । सबै विद्यार्थी बसमा आएर बसे। बसमा २६ विद्यार्थी थिए। जसमध्ये १९ जना केटी र ७ जना केटा थिए। उनीहरु सबैको उमेर ५ देखि १४ वर्ष थियो।

बीचबाटोमा पुगेपछि एडले फरक बाटोबाट जाने निर्णय गरे र खाली सकडबाट बसलाई मोडे। अलि पर पुगेपछि बसको स्टार्ट बन्द भयो। बसमा समस्या आएको भन्ने विद्यार्थीले सोचे। तर त्यहाँ तीन जना युवक बसतिर आइरहेका थिए। उनीहरु तीनै जनाले अनुहार ढाकेका थिए। उनीहरुसँग सटगन थियो।
एकजनााले एडलाई धम्क्याइरहेका थिए। यो देखेर विद्यार्थीहरु डराए । उनीहरु कराउन थाले। एडलाई हटाएर एम जनाले बस चलाएको थियो भने अर्का एक जना गाडीभित्रै विद्यार्थीलाई तर्साइरहेका थिए। तेस्रो व्यक्ति बसको बसी सेतो भ्यान लिएर गइरहेका थिए।
बसलाई खाली चौरमा लगेर राखे। बस टाढाबाट देखिँदैनथ्यो। उनीहरुले विद्यार्थीलाई बसबाट निकाले र भ्यानमा हाले। १२ घण्टासम्म भ्यान कुद्यो। चाउचिला सहरमा विद्यार्थीका अभिभावक चिन्तित बनेका थिए। पछि उनीहरुले प्रहरीले खबर गरे। प्रहरीले अनुसन्धान गर्दा बेलुकासम्म केही सुराक फेला पारेको थियो।
प्रहरीले उक्त बस फेला पारे जसमा विद्यार्थीहरु यात्रा गर्दथे। उता भ्यानबाट ती मानिसहरुले सबैलाई कतै लगेर ओराले। सबै विद्यार्थीको नाम र उमेर पनि उनीहरुले टिपेका थिए। अपहरणकारीले जमिनमुनि ठूलो बंकर बनाएका थिए। त्यहाँ भ¥याङ पनि थियो। अपहरित विद्यार्थीका अनुसार उनीहरुलाई बंकरभित्र बन्द गरियो। बंकरमाथिबाट बन्द गरिएको थियो ।
२७ जनालाई अपरहणकारीले जिउँदै जमिनमुनि गाडेका थिए। एड बच्चाहरुलाई सम्झाइरहेका थिए। एड र माइकल नाम गरेका विद्यार्थीले बंकरको ढक्कन खोलने प्रयास गरे तर सकेनन्। बंकर माथिबाट माटोले ढाकिएको थियो।
एड र माइकलले हातको सहारमा माटो पन्छाउँदै ठूलो प्रयासपछि ढक्कान खुलाउन सफल भए। माइकल र एड त्यहाँ बाहिरबाट निस्किए। त्यसपछि उनीहरुले पालैपालो सबैलाई बाहिर निकाले।
त्यो समय थियो जुलाई १६ को राति ८ बजेको। उनीहरुले बंकरमा १६ घण्टा बिताएका थिए । चाउचिलाबाट १५० किलोमिटर टाढा स्याडोक्लिफ भन्ने ठाउँमा लगिएको थियो। उनीहरु अगाडि बढ्दै गए र एक सेक्यु्रिटी गार्डलाई भेटे। ती गार्डले तत्काल प्रहरीलाई खबर गरिदिए । प्रहरीले ती सबैलाई उद्धार गरेको थियो।
ती अपहरणकारीहरु हुन् फेडेरिक न्युहिल उड, जेम्स र उसको भाइ रिसर्ड । बंकर बनाएको ठाउँ फेडेरिक परिवारको थियो। जेम्स र रिचर्ड अर्कै परिवारका थिए। तीनजनाले परिवारको धरै पैसा उडाएका थिए। उनीहरु ऋणमा डुबेका थिए। त्यसपछि लामो समय लगाएर उनीहरुले यो योजना बनाएका थिए।

उनीहरुले स्कुले विद्यार्थीलाई अपहरण गरेर उनीहरुको अभिभावकसँग ५ मिलियन डलर फिरौती माग्ने योजना बनाएका थिए। तर १६ तारिखमा उनीहरुले २७ जनै बंकरबाट भागेको समाचार थाहा पाए ।
त्यसपछि उनीहरु क्यालिफोर्निया छाडेर भागे। त्यसको २ हप्तापछि प्रहरीले उनीहरलाई पक्राउ गरेको थियो। पछि उनीहरुलाई काराबासको सजाय सुनाइएका थियो। रिचर्ड सन् २०१२ मा जेलबाट निस्किए। जेम्स सन् २०१५ मा बाहिर निस्किए भने फेडेरिक २०१९ सम्म पनि बाहिर निस्किएका थिएनन्।

