शुक्रबार, माघ १४, २०७८
सेनाको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

सेनाको विमान ठूलो दुर्घटना हुनबाट जोगियो


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

बिहार । भारतीय राज्य बिहारमा सेनाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ।

भारतिय सेनाका अधिकारीहरुको विमान शुक्रबार ठुलो दुर्घटनाबाट जोगिएको हो। बिहारको गयामा अवस्थित भारतिय सेनाको विमान बोधगया ब्लकमा सामान्य दुर्घटनामा परेको थियो।

दुर्घटनापछि सो विमान विहारस्थित गया अन्र्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको र दुईवटा विमान चालक सकुशल रहेको इन्डिया टुडेमा खबर छ।

प्राविधिक गडबडिका कारण विमान दुर्घटना हुन पुगेको बताइएको छ। दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरु भारतिय सेनाका जवानहरुले संकलन गरेको बताईएको छ।

अभिनेत्री मौनी र सूरजले गाँसे लगनगाठो

अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले मलायाली र बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मौनी र सूरजको विवाहमा परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभगी थिए ।

उनीहरुको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा बेहुली बनेकी मौनी परम्परागत साडीमा निकै सुन्दर देखिएकी छिन् ।

विवाहपछि अभिनेत्रीले तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरका साथ लेखेकी छन्, ‘अन्तत : मैले भेटें । हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वाद, हामी विवाहित छौं । तपाईको माया र प्रार्थना चाहिन्छ । लव, सूरज र मौनी ।’

मौनी र सूरजको विवाहको तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

फ्यानले सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् । यो मौनी रोय र सूरजको दक्षिण भारतीय विवाह हो । सुरज साउथ इन्डियन भएकाले दुबैले मलायाली र बङगाली संस्कार अनुसार विवाह गरेका हुन् ।

विवाहमा सादा लुक्समा समेत मौनी निकै सुन्दर देखिएकी छन् । उनले सुनको गहनाका साथ दुलही लुक्स पूरा गरेकी छिन्, भने सूरजले सुनौलो रंगको कुर्ता लगाएकी छन् । विवाहको अघिल्लो दिन मौनीको मेहन्दी र हल्दी समारोह आयोजना भएको थियो ।

मौनी अभिनेत्री हुन् भने सुरज बैंकर हुन् । कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै मौनी र सूरजको विवाहमा जम्मा १०० जनाको उपस्थित रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट