शुक्रबार, माघ १४, २०७८
दाइजोले निम्त्याएको दर्दनाक अपराध : बुबाआमाकै अगाडि श्रीमतीको हत्या, टाउको खोलामा शरिर जंगलमा

दाइजोले निम्त्याएको दर्दनाक अपराध : बुबाआमाकै अगाडि श्रीमतीको हत्या, टाउको खोलामा शरिर जंगलमा


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

एजेन्सी । आजको आधुनिक समयमा पनि दाइजोका निहुँमा हत्याका घटनाहरु भइरहेका छन्। उत्तरप्रदेशको गाजियाबादमा एक यस्तै घटना बाहिर आएको छ।

त्यहाँ दाइजोको निहुँमा एक नव विवाहित युवतीको हत्या भएको छ। हत्यापछि अपहरणको नाटक समेत गरेको बताइएको छ। शुरुमा अनुसन्धान गर्दा प्रहरी नै अलमल्ल परेको थियो। तर पछि प्रहरीले हत्याको रसस्यलाई सुल्झाएको छ।

घटना गाजियावादको विजय नगर थाना इलाकाका हो। पतिले आफ्नै पत्नीको हत्या गरेका छन्। हत्यापछि आमाबाबुकै अगाडि शवलाई दुई टुक्रा बनाए। शवको एक टुक्रालाई खोलामा र अर्को टुक्रालाई जंगलमा फालेको प्रहरी अनुसन्धानमा खुलेको छ।

ती पुरुषले प्रहरीबाट बच्नका लागि मृतकको अपहरण भएको भनी नाटक पनि गरेका थिए। २४ वर्षीया रिया जैनको विवाह १० महिना पहिला गाजियावादको सिद्धार्थ विहार निवासी आकाश त्यागीसँग भएको थियो।

उनी पेसाले इन्जिनियर हुन्। आकाश र रिया एकअर्कासँग प्रेम गर्दथे। त्यसकारण दुबै परिवारले मिलेर उनीहरुको विवाह गरिदिए। तर विवाहपछि आकाशले आफ्नो असली रुप देखाउन शुरु गरे ।

दाइजोका निहुँमा उनी रियालाई सताउन थाले । १० महिनासम्म रियालाई सताउका उनले अन्ततः हत्या नै गरिदिए। त्यसपछि शवलाई टुक्रा बनाएर ठेगान लगाएपछि उनीहरुले आफन्त र प्रहरीसँग रियाको अपहरण भएको भनी नाटक गरे ।

रियाको खोजी गरेको प्रहरीलाई पछि आकाशमाथि नै शंका लाग्यो। अनुसन्धानकै क्रममा रियाको हत्या भइसकेको पत्ता लाग्यो।

सबुतका कडीहरु जोड्दै जाँदा प्रहरीले परिवार नै मिलेर यस्तो हर्कत गरेको निष्कर्ष निकाल्यो। हाल आकाश र उनको आमाबाबुलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट