बिहिबार, माघ १३, २०७८
मोरङमा खाल्डोमा भेटिएका दुई शवमध्ये एउटाको पहिचान

मोरङमा खाल्डोमा भेटिएका दुई शवमध्ये एउटाको पहिचान


  • स्वदेश नेपाल
  • बिहिबार, माघ १३, २०७८

मोरङको धनपालथान गाउँपालिका-७ मा रहेको उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।

बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।

एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट