बिहिबार, माघ १३, २०७८
बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु


  • स्वदेश नेपाल
  • बिहिबार, माघ १३, २०७८

काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्
मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्ति निकालेर राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका गाडीमा तोडफोड गर्नुका साथै आक्रमण गरेको घटनाको छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं डाक्टरलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट