बिहिबार, माघ १३, २०७८
मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा एकजनाको मृत्यु

मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा एकजनाको मृत्यु


  • स्वदेश नेपाल
  • बिहिबार, माघ १३, २०७८

कञ्चनपुरमा मोटरसाइकल र अटोरिक्सा एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–३ माईली बजारमा लु २ स ००८१ नम्बरको अटोरिक्सा र से १ प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

अटो रिक्सा चालक ३५ वर्षीय राजेन्द्र सुनार(मिजार)को उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्ट बताए ।

मोटरसाइकलमा सवार दुवै जना घाइतेको उपचार भइरहेको छ । चालक रामभजन राना र राधेश्याम राना घाइते भएका हुन् । अटोमा सवार आकाश बिक, आशिष बिक, रघुबीर सुनार, करुणा सुनार र पार्बती सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्
बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।

कलैया-वीरगञ्ज सडक खण्डको कलैया-५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।

नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट