बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा सदस्यमा लुम्बिनिबाट गठबन्धनका सबै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यमा लुम्बिनिबाट गठबन्धनका सबै उम्मेदवार विजयी


  • स्वदेश नेपाल
  • बुधबार, माघ १२, २०७८

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् । निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

यस्तै,सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट