आइतवार, माघ ९, २०७८
उपत्यकामा पनि ह्वात्तै घटे कोरोना संक्रमित,आज कति थपिए ?

उपत्यकामा पनि ह्वात्तै घटे कोरोना संक्रमित,आज कति थपिए ?


  • स्वदेश नेपाल
  • आइतवार, माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो। देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै १४१६ जना संक्रमणबाट मुक्त भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट