शनिबार, माघ ८, २०७८
काठमाण्डौका यी सबै संग्रहालय आजदेखि बन्द

काठमाण्डौका यी सबै संग्रहालय आजदेखि बन्द


  • स्वदेश नेपाल
  • शनिबार, माघ ८, २०७८

काठमाण्डौ उपत्यकामा रहेका सबै संग्रहालयहरु आजदेखि बन्द गरिने भएका छन् । उपत्यकाका तीन वटै (भक्तपुर, ललितपुर, काठमाण्डाै) जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै संग्रहालयहरुले अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेका छन् ।

काठमाण्डौ उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

यो पनि पढ्नुहोस्
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए ।

पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट