बिहिबार, माघ ६, २०७८
भारतमा घुसेर चिनियाँ सेनाद्वारा भारतीय युवकको अपहरण

भारतमा घुसेर चिनियाँ सेनाद्वारा भारतीय युवकको अपहरण


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

एजेन्सी । चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले भारतको अरुणाचल प्रदेशमा प्रवेश गरेर एक भारतीय युवालाई अपहरण गरेर लगेको आरोप लागेको छ ।

अरुणाचल प्रदेशका भारतीय जनता पार्टीका सांसद तापिर गाओले बुधबार एक ट्वीट गर्दै यो आरोप लगाएका थिए । उनले अपहरित युवकको तस्वीरसहित ट्वीट गरेर चीनको सेनाले भारतमा प्रवेश गरेर भारतीय युवालाई अपहरण गरेर लगेको बताएका थिए ।

उनले ट्वीटमा लेखेका थिए ‘अरुणाचल प्रदेशको माथिल्लो सियांग जिल्लाको लुंगटा जोर क्षेत्रको जिडो गाउँबाट पीएलएले मिराम तारोन नामका १७ वर्षका युवकलाई अपहरण गरेको छ । यो त्यो क्षेत्र हो जहाँ २०१८ मा पनि चीनले भारतभित्र ३–४ किलोमिटर सडक बनाएको थियो ।’

यो घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् । राहुलले लेखेका छन् ‘गणतन्त्र दिवसभन्दा केही दिन पहिले भारतका एक भाग्य विधातालाई चीनले अपहरण गरेको छ । हामी मिराम तारोनको परिवारको साथमा छौं र आशा छोड्ने छैनौं, हार मान्ने छैनौं । प्रधानमन्त्रीको डरपोक मौनता नै उनको बयान हो – उनलाई फरक पर्दैन ।’

यही बीच अरुणाचल प्रदेशका कांग्रेस सांसद निनोंग एरिंगको हवाला दिँदै समाचार एजेन्सी एएनआइले लेखेको छ ‘हामीले थाहा पाएका छौं कि अरुणाचल प्रदेशको जिदो क्षेत्र, माथिल्लो सियांग जिल्ला लुंगटा जोर क्षेत्रमा आएर चीनको पीएलएले १७ वर्षका मिराम तारोनको अपहरण गरे । यो दुर्भाग्यपूर्ण हो कि अरुणाचल प्रदेशमा अझै पनि चिनियाँहरुले घुसपैठ गरिरहेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट