बिहिबार, माघ ६, २०७८
अल्पायुमै अस्ताए पत्रकार एलबी विश्वकर्मा

अल्पायुमै अस्ताए पत्रकार एलबी विश्वकर्मा


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्वकर्माको निधन भएको हो ।

दुई साता अघिदेखि रुघा-ज्वरो आए पनि उनी घरमै आराम गरिरहेका थिए । अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्
बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट