बुधबार, माघ ५, २०७८
मनकामना मन्दिर प्रवेशमा निषेध

मनकामना मन्दिर प्रवेशमा निषेध


  • स्वदेश नेपाल
  • बुधबार, माघ ५, २०७८

कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ। भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।

मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो। कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए। माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए।

बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ।‘शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बाहिरबाट मात्र पूजाआजा गर्न पाउनेछन्। मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ,’ उनले भने।

मनकामनामा दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट