शनिबार, माघ १, २०७८
भैँसीले ७ दिनभित्र २ वडा पाडो जन्मायो, डाक्टर नै चकित

भैँसीले ७ दिनभित्र २ वडा पाडो जन्मायो, डाक्टर नै चकित


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

एजेन्सी । भारत खरगोनको चोली गाउँमा एउटा भैँसीले ७ दिनमा दुईवटा पाडो जन्माएको छ ।

डाक्टरका अनुसार विज्ञानले यस्तो केस दुर्लभ र हजारौंमा एक मान्छ । यसलाई मेडिकल भाषामा सुपरफेटेसन भनिन्छ ।

शुक्रवार बिहान ११ बजे किसान जगदीश पाटीदारको भैँसीले पाडा जन्माएपछि परिवारका सदस्यहरू छक्क परेका छन् । किनभने, सात दिनअघि यो भैँसीले पाडो जन्माएको थियो ।

जुम्ल्याहा पाडोको अवस्थामा केही मिनेट वा केही घन्टाको अन्तराल देखिए पनि यस्तो भने कहिल्यै नदेखेको किसानहरूले बताए ।

चोलीका पशुचिकित्सक डा. नरेन्द्र दावरले यस्ता घटनालाई चिकित्सा विज्ञानमा सुपरफेटेसन भनिन्छ ।

किसानका अनुसार तीन दिनअघि आफन्त महेश पाटीदारबाट उनले भैँसी किनेका थिए । भैँसीले जनवरी ६ मा बिहान महेश पाटीदारको घरमा पाडो जन्माएको थियो । यसपछि जनवरी १४ मा भैँसीले फेरि पाडोलाई जन्म दिएको थियो ।

सुपरफेटेसन एउटा अवस्था हो जसमा एउटा भ्रुण तब बन्छ जब एउटा अर्को भ्रुण पहिले देखिनै गर्भाशयमा रहेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट