शुक्रबार, पुस ३०, २०७८
हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया किन रोकियो ?

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया किन रोकियो ?


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

सञ्चालकबीच भनाभन भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ । हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर टरेको हो । बैंक मर्जरसम्बन्धी विशेष प्रस्ताव पास गर्न ७५ प्रतिशत मत आवश्यक पर्छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेका छन् ।

अध्यक्ष श्रेष्ठका पक्षका सेयर धनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच केही बेर भनाभन समेत भएको थियो । बैंकका अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले हालकै अवस्थामा मर्जरमा गर्दा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउँदै मर्जरको विपक्षमा मत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट