शुक्रबार, पुस ३०, २०७८
अनिल कपुरसँगै बलिउड फिल्ममा अभिनय गर्ने भएपछि विपिन कार्कीले के भने ?

अनिल कपुरसँगै बलिउड फिल्ममा अभिनय गर्ने भएपछि विपिन कार्कीले के भने ?


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा चाँडै अभिनय गर्दैछन् । उनी यो फिल्ममा अभिनयका लागि आगामी जुलाई, अगष्टमा मुम्बई जाँदैछन् ।

फिल्ममा उनको अधिकांश दृश्य अभिनेता अनिल कपुरसँग हुनेछ ।

विपिन आफैं अभिनेता अनिलको फ्यान हुन् । विपिनले अनिल अभिनित फिल्म ‘मिष्टर इण्डिया’ देखि लिएर ‘वेलकम’ सम्म हेरेका छन् । उनकै भनाईमा अनिलको फिल्म नछुटाई हेर्छन् ।

‘निर्माण पक्षले मलाई ‘एनिमल’को भूमिकाबारे विस्तृत बताएको छैन । तर अधिकांश भूमिका अनिल कपुरसँग छ भनिएको छ’, विपिनले भने, ‘अनिल कपुरको विशेषता के हो भने उहाँ कुनै न कुनै कोणबाट आफ्नो छाप छोडिरहनुहुन्छ । ठूलो होस् वा सानो भूमिका, जुनसुकै चरित्रमा पनि उहाँले छाप छोड्नुभएको छ ।’

विपिनका अनुसार अनिलको अभिनयबाट उनी प्रभावित भन्दा पनि उनको अभिनय शैलीको फ्यान हुन् । ‘उहाँको काम गर्ने शैली मनपर्छ । त्यसकारण अनिल कपूरबाट केही सिक्नेछु’, उनले भने ।

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’का निर्देशक सन्दिप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा अनिल र विपिनसँगै रणवीर कपूर, बबी देओल र परिणीति चोपडाको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट