लुम्बिनी प्रदेशमा बिहीबार एकै दिन ३ जना मानिसहरू मृत फेला परेका छन् । तीन मध्ये २ जना मानिस दाङमा मृत फेला परका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१५ दिपशीका चोकस्थित मानव समाज कल्याण सेवा घरमा रहेका हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी दाङ कै बबई गाउँपालिका–५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित निर्माणाधीन भवनमा लेबर काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यो पनि पढ्नुहोस्
बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।
टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।