आइतवार, पुस २५, २०७८
अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो महाअधिवेशन यहि आउदो मार्च १२ र १३ मा हुने !

अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो महाअधिवेशन यहि आउदो मार्च १२ र १३ मा हुने !


  • स्वदेश नेपाल
  • आइतवार, पुस २५, २०७८

विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था ‘अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो महाअधिवेशन यहि आउदो मार्च १२/१३, २०२२ मा हुने भएको छ ।

७ जनवरी, २०२२ शुक्रबार अन्तर्राष्ट्रिय झापाली समाजको सप्पन्न बैठकले उक्त निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको सभापतित्वमा बसेको बैठकले सर्वसम्मत रूपमा बिभिन्न निर्णयहरु गर्दै केहि समितिहरु समेत गठन गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो महाअधिवेशनलाई सफलतापुर्वक सम्पन्न गराउन संस्था संरक्षक दिनेश पोखरेल संयोजक रहेको निर्वाचन समिति, मुकुन्द ढुगांना संयोजक रहेको विधान संसोधन समिति, चुडामणी कार्की संयोजक रहेको आर्थिक समिति र संस्था महासचिव खेमराज जमर कट्टेल संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ ।

यी समितिहरुलाई आउदो बैठकहरुबाट पुर्णता प्रदान गरिने झापाली समाजले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट