बिहिबार, पुस २२, २०७८
इजरायलमा जनवरी १४ का दिन ”माघ्या सकराटी साँस्कृतिक साँझ ५०१५” भव्यताका मनाइने !

इजरायलमा जनवरी १४ का दिन ”माघ्या सकराटी साँस्कृतिक साँझ ५०१५” भव्यताका मनाइने !


  • स्वदेश नेपाल
  • बिहिबार, पुस २२, २०७८

इजरायल/तेल अविव – २०७८ सालको माघ्या सकराटी (माघेसंक्रान्ति) लाई नेपाल मगर संघ इजरायलले यही जनवरी १४ तारिख सुक्रवारका दिन भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

माघ्या सकराटीलाई बार्षिक रुपमा मनाउदै आएको नेपाल मगर संघ इजरायलले उक्त दिन ”माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ कार्यक्रम” नाम दिएर तेल अविवमा एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

“भेषभुषा, भाषा, धर्म ,संस्कृतिको संरक्षण एवं विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका मनाइने ”माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ मा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा स्वादिष्ट मगर परिकारहरुको पनि ब्यबस्था छ ।

इजरायलमा कार्यरत सम्पूर्ण नेपाली तथा नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागी आयोजक नेपाल मगर संघ इजरायलले अपिल गरेको छ ।

मगर संघ इजरायल आफ्नो जातीय भेषभुषा , भाषालिपि, संस्कृतिलाई सधै सम्बर्द्धन र प्रबर्द्धन गर्दै अगि बढदै जान यस्तो कार्यक्रम हरु गर्दै आइरहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट