सोमवार, पुस १९, २०७८
इजरायलमा ‘तो ल्होसार – ३२२७४’ भव्यताकासाथ सम्पन्न – फोटोफिचरहरु

इजरायलमा ‘तो ल्होसार – ३२२७४’ भव्यताकासाथ सम्पन्न – फोटोफिचरहरु


  • स्वदेश नेपाल
  • सोमवार, पुस १९, २०७८

तमू समाज इजरायलले राष्ट्रिय पर्व ‘तो ल्होसार (तमु संवत् ३२२७४)/ २०७८ को शुभ अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । समाजले गत डिसेम्बर ३१ तारीखका दिन तेल अभिवमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

तमू समाज इजरायलकी अध्यक्ष  खुशी क्ल्हे तमूको अध्यक्षतामा र राजदुतवास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरीको प्रमुख आतिथ्यमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु , “अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथमा तमु समाजले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका तृतीय सचिव  प्रदिप सागर गिरी, विशिष्ट अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङ्मार सेर्पा , बिशेष अतिथि एनआरएनइजरायलका अध्यक्ष गणेश गिरि, बिशेष अतिथि तमू समाज इजरायलकी सल्लाहकार मिठु तमू र   बिभिन्न समुदाय/ संस्थाका अध्यक्ष तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

स्थानीय नेपालीकलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम पनि समाबेश गरिएको थियो ।

आयोजक तमु समाज इजरायलले कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण प्रति धन्यवाद व्यक्त गरेको छ । समाजले आफ्नो रिती रिवाज संस्कृती र भेष भुषाको संरक्षण सम्वद्र्धनका लागि बर्षेनी कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट