सोमवार, पुस १२, २०७८
७० करोडको भ्रष्टाचारमा मेयर शाक्य र सहसचिव ज्ञवालीलाई अख्तियारले यसरी दियो सफाई ! (भिडियोसहित)

७० करोडको भ्रष्टाचारमा मेयर शाक्य र सहसचिव ज्ञवालीलाई अख्तियारले यसरी दियो सफाई ! (भिडियोसहित)

महानगरलाई २० करोड हानी - महानगरको भवन निर्माण अनियमितता छानबिनमा अख्तियारको भूमिकामाथि नै प्रश्न !


  • स्वदेश नेपाल
  • सोमवार, पुस १२, २०७८

काठमाडौं महानगरपालिकाले ७० करोड रुपैयाँमा लगाएको भवन निर्माणको ठेक्का प्रकृयामै अनियमितता भएको आरोपसहीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना कर्मचारीविरुद्ध मुद्दा चलायो ।

तर, मूल्यांकन समितिको सिफारिसलाई सदर गर्ने र उजुरीमाथि सुनुवाई गरेर मूल्यांकन सही भएको प्रमाणित गर्ने महानगर प्रमुख र प्रशासकीय प्रमुख दुवै जनालाई भने अख्तियारले जोगाएको छ । यसले अख्तियारको छानबिनमै प्रश्न उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्याङ्कन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको भन्दै काठमाडौं महानगरपालिकाका ५ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो । तर मापदण्ड तयार पार्ने र त्यही मापदण्डका आधारमा निर्माण कम्पनी छान्ने महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारले उन्मुक्ति दिएको छ । अख्तियारले किन उनीहरुलाई यसमा दोषी देखेन त भन्ने प्रश्न उब्जिएको छ ।

महानगरको भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परेको थियो । तर समानान्तर निर्माण सेवाको प्रस्ताव मात्रै महानगर प्रमुखले तोकेको मापदण्ड पुरा गरेको भन्दै पास गराइएको थियो। त्यसो त महानगरले बनाएको मापदण्ड कमजोर भएको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले परिमार्जनको लागि पत्राचार नगरेको पनि होइन । तर महानगरले वास्तै गरेन ।

त्यतिमात्र होइन महानगरले एउटा कम्पनीलाई मात्रै प्राविधिक रुपमा छनोट गरेपछि, अन्य कम्पनीले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई उजुरी दिए । तर महानगर प्रमुख शाक्यले मूल्यांकन सहि छ भन्ने प्रमाणित गरेका थिए । सम्पूर्ण काममा संलग्न भए पनि उनैलाई अनुसन्धानको दायरामै नल्याइनु आफैंमा शंकाको विषय हो ।

महानगरले समानान्तरसँग आर्थिक प्रस्ताव मागेर ठेक्का सम्झौता गर्नुअघी सार्वजनिक खरिद पुनरावलोकन समितिमा अन्य कम्पनीले उजुरी गरेका थिए । तर समितिले मुल्यांकन ठीक भन्ने नै गरेपछि उनीहरु कानुनी लडाइँमा गएका थिए । आर्थिक प्रस्तावमा प्रतिस्पर्धा नगराउँदा नै ५० करोड रुपैयाँमा निर्माण हुने भवनको लागत अहिले ७० करोड पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट