बुधबार, पुस ७, २०७८
ललितपुर महानगरले आजदेखि कोरोना प्रभावितलाई सहयोग उपलब्ध गराउने

ललितपुर महानगरले आजदेखि कोरोना प्रभावितलाई सहयोग उपलब्ध गराउने


  • स्वदेश नेपाल
  • बुधबार, पुस ७, २०७८

ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको परिवार, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरुलाई राहत रकम वितरण गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

महानगरपालिकाले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने अर्यालले बताउनुभयो ।

महानगरपालिकाले सूचना निकालेर राहत रकमको लागि आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म महानगरपालिकाको सभा हलमा सम्पर्क गर्न अनुरोध गरेको छ । राहत रकमका लागि परिचय खुल्ने कागजात लिएर जानुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट