बिहिबार, मंसिर २३, २०७८
भारतीय सेना प्रमुखसँग मृ’त्यु भएका नेपाली मूलका सतपाल राई को हुन् ?

भारतीय सेना प्रमुखसँग मृ’त्यु भएका नेपाली मूलका सतपाल राई को हुन् ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

काठमाडौँ

भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली मूलका भारतीय सैनिकको पनि मृ’त्यु भएको छ । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत चढेको सेनाको हेलिकोप्टर बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा भएको थियो । उक्त दु’र्घटनामा भारत दार्जिलिङको तकदा चिया कमाननिवासी सतपाल राईको पनि मृ’त्यु भएको हो ।

राई भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हवलदार पदमा थिए । उनी सेना प्रमुख विपिन रावतका नीजि सुरक्षा अधिकारी थिए । यो हेलिकोप्टर दु’र्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत सेनाका अधिकारीहरूको मृ’त्यु भएको थियो । हेलिकोप्टरमा कुल १४ जना सवार थिए, जसमध्ये १३ जनाको मृ’त्यु भएको समाचार छ ।

उनी श्रीमति सहित सवार हेलिकप्टर दुर्घटना भएको थियो । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दु’र्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दु’र्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूको मृ’त्यु भएको पुष्टी सेनाले गरेको हो ।

जहाजमा सीडीएस विपिन रावत, उनकी श्रीमती सहित १४ जना सवार रहेका थिए । अहिलेसम्म तेह्र जनाको मृ’त्यु पुष्टि गरिएको छ । वायुसेनाले दुर्घ’टनाको छानबिन गर्न आदेश दिएको छ ।

खराब मौसमका कारण यो दु’र्घटना भएको बताइएको छ । उक्त हेलिकप्टरमा सेना प्रमुख विपिन रावत र उनकी श्रीमती सवार थिए । उद्धार गरिएका मानिसहरूलाई उपचारका लागि वेलिंग्टन बेसमा लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट