बुधबार, मंसिर २२, २०७८
रहेनन् विपिन रावत दम्पती : छोरीहरुले एकैपकट गुमाए आमा-बुवा

रहेनन् विपिन रावत दम्पती : छोरीहरुले एकैपकट गुमाए आमा-बुवा


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

नयाँदिल्ली- भारतीय सेना प्रमुख विपिन रावत र उनकी मधुलिका रावत सहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १३ जनाको मृत्यु भएको हो।

‘सेनाप्रमुख विपिन राउत उनकी श्रीमती मधुलिका राउतको दुर्घटनामा मृत्यु भएको छ,’ भारतीय वायु सेनाले ट्विट गरेको छ, ‘सेनाका अधिकृतहरूलाई सम्बोधन गर्न नीलगिरि हिल्सस्थित स्टाफ कलेजमा उनीहरू जाने क्रममा थिए।’ सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। रावत दम्पतीको दुर्घटनामा निधन भएसँगै दुईछोरी टुहोरा भएका छन् । उनिहरुले एकै पटक आमा बाबु गुमाएका छन् । भारतीय सेनामा उच्च छवि बनाएका रावतको निधनले भारत शोकमा डुबेको छ ।

हेलिकोप्टरमा १४ जना सवार थिए। एक जनाको भने गम्भीर अवस्थामा उपचार भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले उल्लेख गरेको छ।
हेलिकोप्टरमारक्षा सहायक, सेक्युरिटी कमान्डो र भारतीय वायु सेनाका अधिकारीहरू सवार थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट