बुधबार, मंसिर २२, २०७८
हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन् : रुखको हाँगामा ठोकिएर पङखा छियाछिया भएर खस्दै गयो- केही यात्रु ढोकाबाट गुहार माग्दै थिए

हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन् : रुखको हाँगामा ठोकिएर पङखा छियाछिया भएर खस्दै गयो- केही यात्रु ढोकाबाट गुहार माग्दै थिए


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

भारतका वरिष्ठ रक्षाअधिकारी विपिन रावत चढेको विमान दुर्घटनाबारे सरकारले अनुसन्धान गर्ने भएको छ। भारतीय उच्च सैनिक अधिकारी चढेको विमान निकै वर्षपछि दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्। सन् १९९३ मा भारतीय सेनाका वरिष्ठ अधिकारी चढेको जहाज भुटानमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको ज्यान गएको थियो।

चिफ अफ डिफेन्स स्टाफ रावत, उनकी पत्नी र केही सैनिक अधिकारी लिएर सुलुर सैनिक अड्डाबाट तामिलनाडुको वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजका लागि उडेको भारतीय सेनाको हेलिकोप्टर स्थानीय कुनुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । मृत्यु हुनेमा विपिन रावत र उनकी धर्म पत्नि सहित अन्य छन् ।

भारतका चिफ अफ डिफेन्स स्टाफ रहेका रावत भारतीय सेनाका पूर्व प्रमुख हुन्। मोदी सरकारले सन् २०१९ जनवरीमा चिफ डिफेन्स स्टाफको नयाँ दरबन्दी सिर्जना गरी रावतलाई उक्त पदमा बढुवा गरेको थियो।

हेलिकोप्टर दुर्घटनाबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएका छन्। सिंहले त्यहाँको एयर फोर्सका प्रमुखलाई घटनास्थलको भ्रमण गर्न निर्देशन दिएका छन्। रक्षामन्त्री सिंहले घटनाबारे भोली बिहीबार भारतीय संसदलाई जानकारी गराउने भएका छन्। आजै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेले रक्षामन्त्री सिंहलाई घटनाबारे विस्तृतमा ब्रिफिङ गरेका थिए।

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाका एकजना प्रत्यक्षदर्शी कृष्णस्वामीको भनाई

म बुधबार दिउँसो घरमै थिएँ। एक्कासी घर नजिकै ठूलो आवाज आयो। शुरुमा हेलिकोप्टर रुखका हाँगा काट्दै अघि बढ्यो। हेलिकोप्टरमा आगो बलेको देख्यौं। हेलिकोप्टरका पङखा छियाछिया भएर खस्दै थिए। हेलिकोप्टरका केही यात्रु ढोकाबाट गुहार माग्दै थिए। म र मेरा छिमेकी दौडेर घटनास्थलमा जान कोसीश पनि ग¥यौं। ठूलो आगोको मुस्लोमा हेलिकोप्टर जल्दै गरेको देखेपछि हामी अघि बढ्न सकेनौं।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट