मङ्लबार, मंसिर २१, २०७८
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • स्वदेश नेपाल
  • मङ्लबार, मंसिर २१, २०७८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३८ पैसा र बिक्रीदर १२० रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट