बुधबार, मंसिर १५, २०७८
१२ नेपाली चेलीलाई केन्यामा तस्करी गर्ने यो क्यानडेलीलाई ३० वर्षको जेल सजाय !

१२ नेपाली चेलीलाई केन्यामा तस्करी गर्ने यो क्यानडेलीलाई ३० वर्षको जेल सजाय !


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर १५, २०७८

क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ ।

तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो ।

शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजायँ सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि दश लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए ।

अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए ।

अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो ।

उनीहरुलाई ‘डान्सर’ का रुपमा काम गराउन जेठाले केन्यासम्म तस्कर गरेको बताइएको छ । उद्धार गरिएका मध्ये दुईजना १६ र १७ वर्षीया किशोरी पनि थिए भने आठजना २२ देखि २६ वर्ष उमेरका थिए अनि बाँकी दुईजना ३० वर्षीय महिला थिए ।

-बाह्रखरी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट