शुक्रबार, मंसिर १०, २०७८
एका विहानै गयो शक्तिशाली भुकम्प

एका विहानै गयो शक्तिशाली भुकम्प


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौँ

एका विहानै भुकम्पको धक्का महशुष भएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । शुक्रबार बिहान पूर्वोत्तर भारतमा भूकम्प गएको हो । निकै ठूलो हलचल महशुष भएपछि सर्वसाधारण डराएका थिए । म्यानमार र भारतको सीमा क्षेत्रमा ६. १ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ । आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको केन्द्रबिन्दु रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतको कोलकातामा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट