बुधबार, मंसिर ८, २०७८
दुई महिना अघिमात्र अमेरिका पुगेकी थिइन वर्षा, उतै अस्ताइन्

दुई महिना अघिमात्र अमेरिका पुगेकी थिइन वर्षा, उतै अस्ताइन्


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ८, २०७८

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट वर्षा खड्का प्रसाईको मृत्यु भएको छ । ४० वर्षीय मृतक प्रसाईको घर नेपालको झापामा हो ।

मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा सोमबार बेलुकी ६ः३० बजे उक्त दुर्घटना भएको थियो । उनलाई ठक्कर दिने सवारी साधन प्रहरीको नियन्त्रण रहे पनि चालक भने अझै फरार रहेको प्रहरीले जनाएका छन् ।

प्रसाईको शव नेपाल पठाउनको लागि पारिवारिक सल्लाह भइसकेको छ भने नेपाली दूतावास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले शब सकेसम्म छिटो पठाउन सहजीकरण गरिरहेका छन् ।

मृतक प्रसाई आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन(आईओएम)मा कार्यरत थिइन् । उनी दुई महिना अगाडि मात्र आईओएम अफगानिस्तानबाट अफगानी शरणार्थीहरूसँगै अमेरिका काम गर्न गएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट