सोमवार, मंसिर ६, २०७८
नेपाल तामाङ-घेदुङ इजरायलको सातौं अधिवेशन सम्पन्न, पेमा पाख्रिनको अध्यक्षतामा नयाँ समिती चयन

नेपाल तामाङ-घेदुङ इजरायलको सातौं अधिवेशन सम्पन्न, पेमा पाख्रिनको अध्यक्षतामा नयाँ समिती चयन


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर ६, २०७८

नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पेमा लामा पाख्रिन तामाङको नेतृत्वमा नयाँ समिती चयन गरेको छ । अध्यक्ष तामाङसहित बरिष्ठ उपाध्यक्ष एलिजा दोङ तामाङ, उपाध्यक्षहरु शंकर गोले तामाङ, रोजि मोक्तन तामाङ, गिता घिसिङ तामाङ, आङनिमा तितुङ तामाङ,  मदन नेगि तामाङ, महासचिव -निङमा घिसिङ तामाङ, उपमहासचिव कुमारी गल्देन तामाङ, सचिब- सुनिल रुम्बा तामाङ, कोषध्यक्ष अनु स्यङतान तामाङ र सह कोषाध्यक्ष एजिना घिसिङ तामाङ चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा दिवस घिसिङ तामाङ, सुनिमाया तामाङ, पासाङ ल्ह्मु तामाङ,  फुर्बा लोप्चन तामाङ,  लिलावाती तामाङ लिजा तामाङ, बिजेयेता तामाङ, रन्जना ग्यबाक तामाङ, बिना तामाङ, निमा खेण्डो तामाङ र जिम्बा माया तामाङ रहेका छन् ।

यसैगरी प्रमुख सल्लाहकार सीता घिसिङ तामाङ,सल्लाहकारहरुमा सुनिता मोक्तान तामाङ,सारा लामा तामाङ,छिरिङ रुम्बा तामाङ र नानीमाया योन्जन तामाङ रहेका छन् ।

संरक्षक तर्फ परिषदका सदस्यहरुमा बीबी लामा योन्जन तामाङ, सुन्दर सिंह योन्जन तामाङ, उर्मिला पाखरिन तामाङ, कल्पना मोक्तान तामाङ, माया (दीप्मा)मोक्तान तामाङ  र अनिला मोक्तान तामाङ रहेका छन् । कार्यक्रममा संस्थाको प्रतिवेतन महासचिव निङमा घिसिङ तामाङ र आङनिमा तितुङ तामाङले आर्थिक प्रतिवेतन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मिङमार शेर्पा, घेदुङ इजरायलका संरक्षक परिषदका सदस्यहरु सुन्दरसिंह लामा योन्जन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट