बिहिबार, मंसिर २, २०७८
कुवेतमा नेपाली महिला फसाउने नेपाली गिरोह, यसरी हुन्छ यौन धन्दाको बार्गेनीङ (अडियो)

कुवेतमा नेपाली महिला फसाउने नेपाली गिरोह, यसरी हुन्छ यौन धन्दाको बार्गेनीङ (अडियो)


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २, २०७८

बैदेशिक रोजगारी नेपालीका लागि रहर भन्दाबढि बाध्यता हो । देशमा रोजगारको अवसर नहुँदा नेपालका युवा युवतीहरु बर्षेनी हजारौको संख्यामा विदेशी रहेका छन् । जसमध्य प्रमुख गन्त्यब्य हो खाडी मुलुक । तर यसरी विदेश पुग्ने युवाहुन् या युवती आफ्नै नेपालीहरुबाट ठगिने र विभिन्न समस्यामा समेत पर्ने गरेका छन् ।

यस्तै घटना घटेको छ कुबेतमा रोजगारीका लागि कुवेत पुगेका नेपालीचेलीहरुलाई आफ्नै दाजुभाईले यौन अखडामा पुर्याउने प्रयास मात्र गरेनन् भनेको नमानेपछि लागुपदार्थ दुव्र्यसनीको अभियोगमा जेल सम्म पुर्र्याए जेलसजाय भोगेपछि नेपाल आईपुगेका उनिहरुले सिधाकुरा जनतासँग कार्यक्रम मार्फत आफुहरुले भोगेको यातना र पिडा सार्वजनिक गरेका छन् ।

काठमाण्डौ सामाखुसी घर भएकी एकमहिला सन् २०१७ देखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।

काम राम्रै चल्दै थियो तर कुवेत गएको ७ महिनामानै त्यहि रेहेका नेपालीले बढि पैसा दिने प्रलोभनमा पारेर उनलाई कामगर्दै गरेको घरबाट भगाए । त्यसपछि उनलाई अर्कै घरमा कामलगाई दिए तर काग गर्दै जाँदा उनले महिनाको तलव त कहिले पाइन् उनले आफुले काम गरेको तलव माग्दा उनलाई त्यहि दलालले लागु पदार्थ दुव्यसनीको जस्तो गंभिर अपराधमा फसाएर जेलनै पुर्याइदिए ।

तर त्यँहाको जेलबाट उनलाई एक महिनापछि स्वदेश फकाईयो । स्वदेश फर्किदा न उनको हातमा पैसा न शरिरमा राम्रो लुगानै थियो । कुवेत प्रहरीले फर्काइदिएपछि पैसा कमाउने सपना बोकेर कुवेत पुगेकी उनि अहिले घर न घाटको भएकी छन् ।

यसरी हुन्छ बार्गेनिङ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट