सोमवार, कार्तिक २९, २०७८
इजरायलमा यही डिसेम्बर १७ मा चासोक तङ्नाम- येले तङ्बे ५०८१ भब्य तरिकाले मनाइने

इजरायलमा यही डिसेम्बर १७ मा चासोक तङ्नाम- येले तङ्बे ५०८१ भब्य तरिकाले मनाइने


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक २९, २०७८

किराँत याक्थुम चुम्लुङ इजरायलले आदिवासी याक्थुङ (लिम्बू) नेपालीहरूको मौलिक महान चाड चासोक तङ्नाम (उधौलीरन्वागी पुजा) येले तङ्बे ५०८१ मनाउने भएको छ । विगत बर्षमा झै यसबर्ष पनि कार्यक्रमको आयोजना गरिएको आयोजक किराँत याक्थुङ चुम्लुङ इजरायलले जनाएको छ ।

प्रकृती पुजक याक्थुङ (लिम्बू) हरूले चासाेक तङ्नाम (उधौली/न्वागी पुजा) याक्थुङ (लिम्बू) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा उल्लेख छ ।

यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस, भणडारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन, धर्ती,आकाश,देवी,देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्व काल देखि नै चलि आएको छ ।

तसर्थ याक्थुङ (लिम्बु) हरूकाे माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम२०२१ डिसेम्बर १७ तारीख शुक्रबारका दिन याद खरुचिम १५ पार्टी प्यालेसमा साझ ६:३० बजे हुने बताइएको छ । कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाईदिनुहुन आयोजनकले सबैमा अनुरोध गरेको छ ।

यस्तो छ जारी सूचना

 

किराँत याक्थुम चुम्लुङ इजरायल द्वारा गएकाे बर्षहरू झै यस बर्ष पनि आदिवासी याक्थुङ ( लिम्बू ) नेपालीहरूकाे माैलिक महान राष्ट्रिय चार्ड चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ आगामी १७ डिसेम्बर २०२१ शुक्रबार साझ YAD KHARUCHIM EVE PARTY PLACE मा मनाउन गइरहेको हुँदा, यसै सुचना मार्फत इजरायलमा स्थापित सामाजिक,धार्मिक, संस्कृतिक,राजनितिक, संघ संस्था, संगठन, मिडियाकर्मि,बुद्धिजिबि,शुभेच्छुक, शुभचिन्तक, लगायत इजरायलबासी याक्थुङ ( लिम्बू ) तथा नेपाली दाजुभाइ दिदिबहिनीहरु सम्पूर्णमा जानकारी गराउदछाैं ।

प्रकृती पुजक याक्थुङ ( लिम्बू ) हरूले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) याक्थुङ ( लिम्बू ) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा पाइन्छ, यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस, भणडारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन, धर्ती,आकाश,देवी,देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्व काल देखि नै चलि आएको छ ।

तसर्थ याक्थुङ ( लिम्बु ) हरूकाे माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन साथसाथै याक्थुङहरूकाे माैलिक नाच ( के लाङ ) धान नाच ( या:लाङ ) लगायत विभिन्न नेपाली सांगीतिक कार्यक्रमकाे मनाेरञ्जन र अन्तमा चर्चित नेपाली DJ बिपिन तामाङकाे साथमा रम्न रमाउन यहाँहरू सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक चुले निमन्त्रणा गर्दछाैं, नाेगेन/धन्यवाद ।

मिति : १७ डिसेम्बर २०२१ शुक्रबार समय : ६:३० बजे साझ स्थान : याद खरुचिम १५ ( EVE PARTY PLACE )
तुल्सा तुम्बाहाङ्फे ,सचीव , किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट