शनिबार, कार्तिक ६, २०७८
ब्रेकिङ न्यूज : सुर्खेतमा बम विस्फोट, दिदीभाइ घाइते, यस्तो छ अवस्था

ब्रेकिङ न्यूज : सुर्खेतमा बम विस्फोट, दिदीभाइ घाइते, यस्तो छ अवस्था


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक ६, २०७८

सुर्खेत –

सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे बम बिस्फोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार