बुधबार, कार्तिक ३, २०७८
यहि नोभेम्बर १९ मा नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सवको बिशेष कार्यक्रम हुने

यहि नोभेम्बर १९ मा नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सवको बिशेष कार्यक्रम हुने


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

तेल अविव, इजरायल – नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस एवंम् अधिवेशन सन् २०२१ को नोभेम्बर १९ तारिख शुक्रबारका दिन आदिवासी जनजाति महासंघको कार्य कक्ष इजरायलमा हुने भएको छ ।

नेपाल तामाङ घेदुङ इजरायल,सातौं वार्षिकोत्सव तथा एकता दिवस एवंम् अधिवेशन निर्वाचन समितिका संयोजक माया मोक्तान तामाङ(दीप्मा)ले उक्त अधिवेशनमा उपस्थितको लागि इजरायलमा भएका नेपालीहरुलाई निमन्त्रणा गर्दै,घेदुङको नयाँ सदस्यता बन्न एवं पुरानो सदस्यता नविकरण गर्न आफ्ना सदस्यहरुमा अनुरोध गरेकी छिन् ।

यस्तो छ तामाङ घेदुङ इजरायलद्वारा जारी सूचना

ल्हास्सो फ्याफुल्ला ! फ्याफुल्ला !!फ्याफुल्ला !!! ऐतिहासिक सातौं अधिवेशन सम्बन्धि जरुरी सूचना!

(उपरोक्त सम्बन्धमा नेपाल तामाङ घेदुङ इजरायलको बिधान २०१५ संशोधित बिधान २०१९सहित परिछेद-३ ‘क ‘को प्रावधान अनुसार)

इजरायलवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङ इजरायलको ऐतिहासिक सातौं वार्षिकोत्सव तथा एकता दिवस एवम् अधिवेशन यहि आउँदो २०२१ नोभेम्बर १९ तारिख शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यकक्ष (Office ) Street.Menashe Ben yisrael -7 Tel Aviv Isreal मा हुनगइ रहेको जानकारी सहर्ष सम्पुर्ण इजरायलबासी तामाङ ज्योज्यो-आले,नाना -आङहरुलाई गराउदै ,आफ्नो साझा संस्था नेपाल तामाङ घेदुङ, इजरायलको नयाँ सदस्यता बन्न र वर्तमान सदस्य ज्युहरुलाई सदस्यता नविकरण गरि आफ्नो अधिकारको सदुपयोग गर्न हार्दिक अनुरोध गर्द्छौ |

निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि २०२१ नोभेम्बर १२ तारिख भित्र नयाँ सदस्यता लिन र पुरानो सदस्यहरुलाई नविकरण गर्न हार्दिक अनुरोध गर्दछौं । साथै नयाँ कार्यसमितिका लागि उम्मेदवार दर्ता २०२१ नोभेम्बर १३ तारिख सम्म खुल्ला गरिएको जानकारी गर्दछौं ।

निर्वाचन समिति- संयोजक
माया मोक्तान तामाङ (दीप्मा)
सम्पर्क न:- 0544364522
नेपाल तामाङ घेदुङ इजरायल l

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट