मङ्लबार, कार्तिक २, २०७८
महाकाली नदीको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत् उद्दार

महाकाली नदीको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत् उद्दार


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

 

कञ्चनपुर – कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरूको उद्दार गरिएको जाकारी दिएका हुन् ।

उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्दार गरिएको हो ।

यसैबीच, सोमबारदेखि अविरल परेको वर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर–१३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ वर्षीया निशु राई र चार वर्षीय छोरा निहान राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको हो ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बालबालिकाको शव निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार