मङ्लबार, कार्तिक २, २०७८
बाथरूममा पसेर रुन्छन् ब्राजिलका राष्ट्रपति, आखिर किन ?

बाथरूममा पसेर रुन्छन् ब्राजिलका राष्ट्रपति, आखिर किन ?


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

देशमा कोरोनाभाइरस संक्रमण रोक्न विफल भएका ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोले बाथरूममा लुकेर रुने गरेको स्वीकार गरेका छन् ।

कठिन निर्णय लिनुपर्ने बेलामा उनी बाथरूममा पसेर रुने गरेका छन् । कट्टर दक्षिणपन्थी बोल्जोनारोले गत साता इभान्जेलिकल क्रिस्चियन समर्थकहरूका अगाडि चर्चमा यो स्वीकार गरेका हुन् ।

बोल्जोनारोको समर्थन सूचकांक २२ प्रतिशतमा झरेको छ । उनले कोरोना महामारी नियन्त्रण गर्न नसकेकाले जनताको आक्रोश उनीविरुद्ध बढिरहेको छ ।

सोमवारसम्म ब्राजिलमा कोरोनाका कारण ६ लाख ३ हजार २८२ जनाले ज्यान गुमाइसकेका छन् । देशमा महंगी ह्वात्तै बढेको छ र बेरोजगारी दर उच्च छ ।

विभिन्न सर्वेक्षणहरूमा उनी आफ्ना प्रतिस्पर्धी पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाभन्दा पछि परेको देखिएको छ ।

ब्राजिलको सिनेटले कोरोना महामारी व्यवस्थापनमा सरकारले गरेको कामका विषयमा अनुसन्धान गरेर मंगलवार प्रतिवेदन बुझाउन लागेको छ । त्यसमा बोल्जोनारोका विरुद्ध ११ वटा फौजदारी आरोपहरू लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट