बिहिबार, अशोज २८, २०७८
ताइवानले आफ्नो रक्षाका लागि चीनसँग युद्ध नै गर्ने चेतावनी !

ताइवानले आफ्नो रक्षाका लागि चीनसँग युद्ध नै गर्ने चेतावनी !

चीन-ताइवानको तनाव ४० वर्षयताकै उच्च विन्दुमा !


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज २८, २०७८

ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ।

बीबीसीका अनुसार ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन्।

ताइवानले यसअघि पनि यस्तो चेतावनी दिइसकको छ।

बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन तर आइलाग्ने दुश्मनविरुद्ध खुलेर जवाफ दिन्छ।’

साथै २०२५ सम्ममा ताइवानमाथि आक्रमण गर्न चीन पूर्ण रुपमा सक्षम हुने ताइवानी रक्षामन्त्रीले बताएका छन्। सांसदहरुमाझ बोल्दै रक्षामन्त्री चिउ कुओ चेङले बेइजिङले आक्रमण गर्नसक्ने चेतावनी दिएका हुन्।

पछिल्लो केही दिनमा चीनले डेढ सयभन्दा बढी लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गराएको छ।

‘मेरो ४० वर्षभन्दा लामो सैनिक जीवनमा भोगेको यो सबैभन्दा कठिन परिस्थिति हो,’ चिउले बढ्दो तनावबारे भने।

२०२५ सम्ममा बेइजिङले न्यूनतम खर्चमा युद्ध सुरु गर्ने क्षमता हासिल गर्ने उनको भनाइ थियो।

‘चिनियाँ कम्युनिस्टहरुसँग ताइवानमाथि आक्रमण गर्ने क्षमता अहिले नै छ। तर, त्यसो गर्नुअघि उनीहरुले युद्धको खर्च र परिणामबारे सोच्नुपर्ने हुन्छ,’ चिउले भने।

अलिकति गल्ती हुँदा पनि युद्ध सुरु हुने परिस्थिति रहेको उनले बताए। युद्ध रोक्न ताइवानले तत्काल थप हतियार किन्नुपर्ने उनको जोड थियो।

ताइवानले ८.६ अर्ब डलरको हतियार किन्ने तयारी गरिरहेको छ। त्यसका लागि सांसदहरुलाई मनाउन उनले सो कुरा बताएका थिए।

चिउले ताइवान आफ्नो सुरक्षाका लागि अरुमाथि निर्भर हुन नहुने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट