बिहिबार, अशोज २८, २०७८
इजरायलमा यहि शनिबार मणिजप ङोवा, मोलम र छोकफुल पूजा तथा प्रवचन हुदै

इजरायलमा यहि शनिबार मणिजप ङोवा, मोलम र छोकफुल पूजा तथा प्रवचन हुदै


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज २८, २०७८

इजरायलको तेल अविवमा पर्सि १६ अक्टोबर शनिबारका दिन ब्रह्माण्डमा रहेका समस्त प्राणीहरूको कल्याण तथा विश्व शान्तिका लागि बौद्ध धर्म अनुसार मणि पुजा तथा धार्मिक प्रवचन हुने भएको छ ।

धर्म गुरु लामा थुप्तेन योञ्जन तामाङद्धारा दश हजार मणिजप, छोक-फुल, ङोवा , मोलम साथै धार्मिक प्रवचन तथा ( छेमी ) बत्ती बाल्ने कार्यक्रम रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल र यसमा आवद्ध ८ वटा संस्थाहरुको संयुक्त सहकार्य र आयोजनामा हुने मणि पुजा तथा धार्मिक प्रवचन हरेक साल हुदै आएको छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिडसाथै बिभिन्न कारणबाट दिवङ्गत भएका आत्माहरु तथा चाडबाडको नाममा निर्दोष पशुपन्छीहरुको बलि गरिने प्रचलन भएको हुँदा यस्तो निर्दोष प्राणीहरुको आत्माको चिरशान्ति तथा परम लोकमा पुनर-जन्म पाउन भन्नको लागि मणि पुजा गरिन्छ ।

यस धार्मिक कार्यक्रम प्रतक्ष्य या भर्जुअल अनलाइनबाट भए पनि उपस्थितिका लागि आयोजक संस्था नेफिन इजरायलले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट