सोमवार, अशोज २५, २०७८
BREAKING NEWS – इजरायल पठाइने ११ सय ७५ जना नेपाली केयरगिभरको नाम स्वीकृत (पूर्णलिस्टसहित)

BREAKING NEWS – इजरायल पठाइने ११ सय ७५ जना नेपाली केयरगिभरको नाम स्वीकृत (पूर्णलिस्टसहित)


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २५, २०७८

इजरायलको लागि सहायक केयरगिभर कामदार छनौटको नतिजा अहिले भखरै सार्वजनिक गरिएको छ ।

रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६00 जनाको नाम मध्येबाट इजरायल सरकारले आज बिहान चिट्ठा प्रणालीबाट छानेका ११ सय ७५ जनाको नाम नेपालको बिदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ ।

छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

चिठ्ठा प्रक्रियाबाट छानिएका कामदार तिहारअघि नै पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सहमतिअनुसार ७० प्रतिशत महिला कामदार र ३० प्रतिशत पुरुष कामदार छनोटमा परेका विभागले जनाएको छ ।

इजरायल जाँदा हवाइ भाडा, स्वास्थ्य बीमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषसहित एक लाख ६५ हजार ७ सय शुल्क कामदारले व्यहोर्नुपर्ने छ ।

नेपालबाट इजरायल रोजगारीमा जाने कामदारको मासिक कमाइ १ लाख ९० हजारसम्म हुनेछ ।

८२१ जना महिला र ३५४ जना पुरुष गरी ११ सय ७५ नेपाली इजरायल जान पाउने भएका हुन्।

पूर्ण लिस्ट यस्तो छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट