आइतवार, अशोज २४, २०७८
सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु, कयौं घाइते, प्रहरीसहित ९ जनाको उपचार हुँदै

सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु, कयौं घाइते, प्रहरीसहित ९ जनाको उपचार हुँदै


  • स्वदेश नेपाल
  • आइतवार, अशोज २४, २०७८

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएका छ ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिएका हुन् ।

गुरुङका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताएका छन् । मृत्यु भएकाहरू सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

तर, अतिक्रमित जग्गाबाट स्थानीयबासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयबासीले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

वि.सं. २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट