बिहिबार, अशोज २१, २०७८
ससुरालीमा महिनैपिच्छे पैसा पठाउँथे, झन् धेरै मागेपछि थेग्न नसकेर युवकले जीवन त्यागे

ससुरालीमा महिनैपिच्छे पैसा पठाउँथे, झन् धेरै मागेपछि थेग्न नसकेर युवकले जीवन त्यागे


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज २१, २०७८

एजेन्सी । ससुरालीका कारण एक युवकले आफ्नो जीवन समाप्त पारेका छन्। ससुरालीको माग पुरा गर्न सकिन अब त अति भयो भन्दै एक पुरुषले यस्तो निर्णय गरेका हुन्। यो घटना भारतको हरियाणाको पानीपत जिल्लाको हो।

जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेका हुन्। घटना अघि ति युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ। भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि आरोप लगाएका छन्।

युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्। उक्त भिडियोमा ती युवकले आफुले यस्तो निर्णय लिनुको कारण ससुराली र श्रीमती भएको बताएका छन्। भाइरल भिडियोमा वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाएका हुन्।

युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ वर्षसम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन्।’ त्यती भनेपछि ति युवकले रेलको अगाडि दौ,’डि,एका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट