शनिबार, अशोज १६, २०७८
कृषि सहकारी संघ सुनसरीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भोलाकाजी बस्नेत

कृषि सहकारी संघ सुनसरीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भोलाकाजी बस्नेत


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १६, २०७८

सुनसरी – जिल्ला कृषि सहकारी संघ सुनसरीको नयाँ कार्यसमति चयन गरिएको छ। दशौँ वार्षिक साधारण सभाबाट निर्विरोधरुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा भोला काजि बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा इश्वर प्रसाद लामिछाने निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा नविन कुमार पाल र कोषाध्यक्ष टिका सिवाकोटि निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा अन्जु मेहता, सिता देवी बञ्जारा काफ्ले, सुरेन्द्र प्रसाद यादव, रबिन कुमार घिमिरे, राजेश कुमार चौधरी, मिश्रीलाल साह, देव नारायण उपाध्याय रहेका छन्।

संघको लेखा समिति संयोजकमा प्रोज्वल कुमार चौधरी, लेखा समिति सदस्यमा महेन्द्र चौधरी र शला राई निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष बस्नेतले कार्यसमिति चयनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संस्थालाई थप उचाइमा लग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘संस्थालाई अहिलेको अवस्थाबाट माथि उठाउने प्रयास गर्नेछु,’ उनले भने, ‘त्यसका लागि सबै साथीहरुको सक्रिय सहयोगको अपेक्षा राखेको छु।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट