मङ्लबार, अशोज १२, २०७८
ट्रकको ठ’क्करले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमाको मृ’त्यु

ट्रकको ठ’क्करले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमाको मृ’त्यु


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज १२, २०७८

रुपन्देही –

ट्रकले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृ’त्यु भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्र’कले ठ’क्कर दिँदा आमा-छोराको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्र’कले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठ’क्क’र दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्र’क’ले ठ’क्कर दिएको स्थानीयले बताएका छन् ।

ठक्क’र दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई निय’न्त्र’णमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट